२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

शान्तिपूर्ण आन्दोलनमा किन गोली चल्यो छानविन हुनुपर्छः विद्यादेवी भण्डारी

३ असोज, काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी पुस्ताको शान्तिपूर्ण आन्दोलनमा गोली चल्नु, ज्यान जानु, घाइते हुने र सार्वजनिक सम्पत्तिमाथि आगजानी गरिनुको गहिरो अध्ययन हुनुपर्ने बताउनुभएको छ । जेनजी विद्रोहका क्रममा घाइते भएकाहरूलाई भेट्न प्रहरी अस्पताल पुग्नुभएको भण्डारीले शुक्रबार अस्पतालबाट बाहिरिने क्रममा यस्तो बताउनुभएको हो ।

dainiki.com

उहाँले नेपालका राजनीतिक दलहरूले आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने पनि बताउनुभएको छ । उहाँले  सबै पार्टीहरूले आफ्नो आत्मसमीक्षा गर्नुपर्ने बताउँदै  नयाँ पुस्ता के चाहन्छन्, देश र युगले के मागेको छ त्यो अनुसार अगाडि बढ्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार १९:२६