२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

जेनजी आन्दोलनका कारण २० अर्ब ७० करोड बीमा दावी, द ओरियन्टलमै ५ अर्ब

२ असोज, काठमाडौं । गत साता भएको जेनजी प्रदर्शनले देशभर आर्थिक क्षेत्रमा ठूलो असर पुर्याएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, भदौ ३१ गतेसम्ममा २० अर्ब ७० करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ वटा निर्जीवन बीमा र ४ वटा लघु निर्जीवन बीमा गरी कुल १८ वटा कम्पनीहरुमा कुल २० अर्ब ७० करोड ३८ लाख रुपैयाँ बराबरको बीमा दाबी हो ।

सबैभन्दा बढी बीमा दाबी दी ओरियन्टल इन्स्योरेन्समा परेको छ । कम्पनीमा ४० वटा दावीमार्फत ५ अर्ब १४ करोड ७९ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।

त्यस्तै दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा झन्डै ५ अर्ब रुपैयाँको बीमा दाबी परेको छ । सिद्धार्थमा ४ अर्ब ९३ करोड २२ लाख रुपैयाँ बराबरको २ सय ५८ वटा बीमा दाबी परेको छ । तेस्रोमा शिखर इन्स्योरेन्समा ३६६ वटा दावी दर्ता भइसकेका छन्, जसको प्रारम्भिक दावी रकम २ अर्ब ३९ करोड रुपैयाँ नाघेको छ।

साथै, इजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १ अर्ब ५९ करोड ६ लाख रुपैयाँ बराबरको २४ वटा बीमा दाबीको निवेदन परेको छ । सगरमाथा लुम्बिनीमा १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ बराबरको २ सय ३३ वटा, हिमालयन एभरेष्ट इन्स्योरेन्सरमा १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ बराबरको १ सय ९६ वटा र नेको इन्स्योरेन्समा १ अर्ब ९ करोड ५३ लाख रुपैयाँ बराबरको ४० वटा दावी परेको बीमा प्राधिकरणले जनाएको छ ।

त्यस्तै सानिमा जीआईसी इन्स्योरेन्समा ७८ करोड ९३ लाख रुपैयाँ बराबरको १ सय २९ वटा, राष्ट्रिय बीमा कम्पनीमा ४९ करोड ५१ लाख रुपैयाँ बराबरको १ सय ७२ वटा, युनाइटेड अजोड इन्स्योरेन्सको ४८ करोड ७४ लाख रुपैयाँ बराबरको १ सय ७० वटा, नेपाल इन्स्योरेन्समार ४६ करोड ९४ लाख रुपैयाँ बराबरको ७९ वटा, एनएलजी इन्स्योरेन्समा ३८ करोड ५८ लाख रुपैयाँबरको १ सय ५१ वटा तथा प्रभु इन्स्योरेन्समा १९ करोड १८ लाख रुपैयाँको ६९ वटा आवेदन परेको प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

नेसनल इन्स्योरेन्समा ६ करोड ८२ लाख रुपैयाँको १९ वटा तथा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा १ करोड १३ लाख रुपैयाँ बीमा दाबीको ९ वटा, स्टार माइक्रो इन्स्योरेन्समा ६७ लाख ७ हजारको ६ वटा, नेपाल माइक्रो इन्स्योरेन्समा ५६ लाख ३२ हजारको १५ वटा तथा ट्रस्ट माइक्रो इन्स्योरेन्समा ४२ लाख रुपैयाँ बीमा दाबीको ८ वटा आवेदन परेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार १५:५७