नेपाल बैंकका अध्यक्ष शर्माले लिए शपथ
२ असोज, काठमाडौं । नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष प्रा.डा डिल्लीराज शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । शर्माले असोज २ गते नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो ।
शर्मालाई बैंकको गत भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा नियुक्त गरेको थियो ।
प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार १४:३६












