एनआईसी एशिया बैंकका सीईओ न्यौपानेले दिए राजीनामा
२ असोज, काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले राजीनामा दिनुभएको छ । उहाँले असोज १ गते पदबाट राजिनामा दिनुभएको हो ।
उहाँले दिएको राजीनामा आज बिहिबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत समेत गरिसकेको छ । अब कायमुकायम सीईओको जिम्मेवारी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष कुमार राठीले समाल्ने गरी संञ्चालक समितिले जिम्मेवारी दिएको छ ।
प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार १४:३१












