१३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026

अरुण भ्याली हाईड्रोपावरले घोषणा गर्यो लाभांश

२ असोज, काठमाडौं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले सेयरधनीका लागि हाल कायम चुक्तापूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरूमा वितरण गरिनेछ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार १०:३५