११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026

बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँड, १ लाख ७० हजारले पाए सेयर

२ असोज, काठमाडौं ।  बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान सो आईपीओ बाँडफाँड भएको हो।

कम्पनीले गत भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता आईपीओ निष्काशन गरेको थियो। सो आईपीओ कुल २१ लाख ७५ हजार ८८८ जनाले २ करोड ३७ लाख ३८ हजार ९१० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये ३२ हजार ६३८ आवेदन रद्द भएका छन् भने २१ लाख ४३ हजार २५० आवेदन स्वीकृत भएका छन्।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारणले गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार १०:०६