१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने म्याद थप

२ असोज, काठमाडौं। सागर डिष्टिलरी लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ । गत भदौ ३० गतेदेखि आम सर्वसाधारणका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको रु. १०० अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता सेयर जारी गरेको छ ।

उक्त आईपीओमा आवेदन दिने अन्तिम मिति असोज २ गतेसम्मका लागि निर्धारण गरिएको थियो । तर नेपाल सरकारले असोज १ गते सार्वजनिक बिदा दिएकाले आईपीओमा आवेदन दिने म्याद असोज ५ गतेसम्म  थप गरिएको हो ।

कम्पनीले सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्ता र कर्मचारीहरुका लागि ४३ हजार ५६० कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

 कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार ०९:०४