१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

बागमती प्रदेशका सभामुखले उपसभामुखलाई बुझाए राजीनामा

१ असोज,काठमाडाैं । बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले राजीनामा बुझाएका छन् । सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका सभामुख पाठकले आज बुधबार उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन ।

‘नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा गरेको छु,’ पत्रमा भनिएको छ । उनले राष्ट्र रोएको बेला नेपाली जनताको चाहाना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहन अनुचित लागेको बताएका छन् ।

प्रकाशित मिति : September 17, 2025 at 12:19 pm