गरिमा क्यापिटलको स्थगित साधारण सभाको मिति तय
१ असोज, काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले स्थगित साधारण सभाको मिति तय गरेको छ । भदौ २७ गते काठमाडौंको बुढानिलकण्ठमा रहेको लेमन ट्रि प्रिमियर होटलमा दिउँसो ३ बजेका लागि बोलाएको उक्त सभा जेनजी आन्दोलनलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो । अब सो सभा असोज ९ गते पूर्वनिर्धारित समय र स्थानमा आयोजना हुने जनाइएको छ ।
सभामा सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त भएको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने,संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार ०९:३३














