८ चैत्र २०८२, आईतवार | Sun Mar 22 2026

निजी क्षेत्रसँग अर्थमन्त्री खनालको छलफल, समस्या समाधानमा काम गर्ने आश्वासन

३१ भदौ, काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको छ । आज अर्थ मन्त्रालयमा भएको छलफलका क्रममा निजी क्षेत्रको सुरक्षा प्रत्याभूति तथा लगानीमैत्री वातावरण निर्माणका लागि अब कसरी अघि बढ्न सकिन्छ भनेर छलफल भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभयो ।

“अहिलेको विषम परिस्थितिमा निजी क्षेत्रको सुरक्षाको प्रत्याभूति हुुनुपर्ने, कर तिर्ने समय थप गर्ने, सहुलियत दिने, बीमा दाबी भुक्तानी तथा कर्जा प्रवाहमा सरलताका लागि राष्ट्र बैङ्कमार्फत सहजीकरण गरिनुपर्नेलगायतका विषयमा छलफल भएको छ”, अध्यक्ष ढकालले भन्नुभयो, “अर्थमन्त्रीले निजी क्षेत्रका कुराहरू सकारात्मक रूपमा लिनुभएको छ । केही विषयहरू तुरुन्तै कार्यान्वयनका लागि निर्देशनसमेत दिनुभएको छ ।”

जेनजी प्रदर्शनका क्रममा विभिन्न व्यापारिक प्रतिष्ठान तथा व्यवसायीका निवासमा आगजनी र तोडफोड भएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार १८:०२