२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

विद्युत प्राधिकरणमा खड्काले बनाएको कार्यकक्ष बन्द गर्न मन्त्री घिसिङको निर्देशन

३१ भदौ, काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणमा स्थापना गरिएको मन्त्रीको कार्यकक्ष बन्द गर्न निर्देशन दिनुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्रीसमेत रहनुभएका घिसिङले उक्त कार्यकक्षलाई अब प्राधिकरणकै कामका लागि प्रयोग गर्न पनि निर्देशन दिएका हुन्। निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणमा ‘मन्त्री कार्यकक्ष’ बनाउन लगाउनुभएको थियो ।

‘ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री एवं नेपाल विद्युत प्राधिकरण, सञ्चालक समितिका अध्यक्षज्यूको प्रयोजनमा रहेको कार्यकक्ष आवश्यक नभएको हुँदा तहाँ प्राधिकरणले प्रयोग गर्नुहुन भदौ ३१ को सचिवस्तरीय निर्णयानुसार अनुरोध छ,’ मन्त्रालयले जारी गरेकाे पत्रमा भनिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार १७:१४