प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता
३१ भदौ, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्नुभएको छ । मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना दिएको उहाँको सचिवालयले जनाएको छ।
भेटमा देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा कुराकानी भएको जनाइएको छ । सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित संघीय संसद भवन तथा सिंहदरबारस्थित संघीय संसद सचिवालयमा भएको क्षतिका बारेमा जानकारी गराउनुभएको थियो ।
प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार १४:०२












