जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको शवयात्रामा मन्त्रीद्धय कुलमान र ओमप्रकाश पनि सहभागी
३१ भदौ, काठमाडौँ । जेनजीको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको अन्तिम बिदाइ गर्न ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओम प्रकाश अर्याल पशुपति आर्यघाट पुग्नुभएको छ। ऊर्जामन्त्री घिसिङले राष्ट्रिय झण्डा बोक्नुभएको छन् भने कानुनमन्त्री अर्यालले राष्ट्रिय झण्डा ओढ्नुभएको छ ।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई सरकाले सहिद घोषणा गरेकाले राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ ।

त्रिवि शिक्षण अस्पतालबाट १० जनाको शव नगर परिक्रमासहित एयरपोर्ट र पशुपति लैजानको लागि शव यात्रा निकालिएको थियो । १० शवमध्ये ४ जनाको अन्त्येष्टि पशुपतिमा गरिनेछ भने बाँकी ६ जनाको शव सेनाको हेलिकप्टरबाट उनिहरूको जन्मथलो लैजाने आफन्तजनले जनाएका छन् ।
यसअघि सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने लगायतका निर्णय गरेको थियो ।
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा ७३ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार १४:१९












