२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

असोज महिनाका लागि माछापुच्छ्रे बैंकले सार्वजनिक गर्यो ब्याजदर

३१ भदौ, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोजका लागि व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ ।

बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६ प्रतिशत कायम गरेको छ । भदौ महिनामा पनि बैंकले सोही ब्याजदर  दिएको थियो ।

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदरमा पनि कुनै परिवर्तन गरेको छैन। बैंकले संस्थागत निक्षेपतर्फ असोज महिनाका लागि अधिकतम ४ प्रतिशत ब्याजदर प्रदाज गर्ने भएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार ०९:३२