एनआईसी एशिया बैंकले असोज महिनाका लागि घटायो ब्याजदर
३१ भदौ, काठमाडौं । एनआईसी एशिया बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सार्वजनिक नयाँ ब्याजदर अनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ ।
बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशत कायम गरेको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५८ प्रतिशत ब्याजदर दिएको थियो ।
त्यस्तै बैंकले असोज महिनाका लागि संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । भदौ महिनामा संस्थागत निक्षेपकर्तालाई अधिकतम ५.२५ प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले असोज महिनाका लागि भने अधिकतम ५ प्रतिशत प्रदान गर्ने भएको छ ।
प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार ०९:१३












