२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

तलब भत्तासहितको सुविधा नलिने ऊर्जामन्त्री घिसिङको घोषणा

३० भदौ, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले मन्त्रीले पाउने सेवा सुविधा नलिने  घोषणा गर्नुभएको छ । सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री घिसिङले तलबभत्ता, सुरक्षालगायत सुविधा नलिने घोषणा गर्नुभएको हो ।

घिसिङले भन्नुभयो, ‘म प्राप्त हुने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्नेछु।’ त्यस्तै उहाँले आफूलाई माननीय नभन्न समेत आग्रह गर्नुभएको छ । मन्त्री घिसिङले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने निर्णय समेत गर्नुभएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार १५:५९