२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

पार्टी छिटो पुनर्गठन गरौंः गोकुल बास्कोटा

३० भदौ, काठमाडौं । नेकपा एमालेका नेता  तथा पूर्वमन्त्री गोकुल बास्कोटाले पार्टीलाई छिटो पुनर्गठन गर्नुपर्ने बताउनुभएको छ । बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत छिटो तर सुविचारित निर्णय गरी पार्टी पुनर्गठन गर्न आह्वान गर्नुभएको हो ।

गत भदौ २३ र २४ गते जेनजी युवाको प्रदर्शनपछि एमाले नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएसँगै बास्कोटाले पार्टी पुनर्गठन गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको हो ।

सामाजिक सञ्जाल मार्फत बास्कोटाले लेख्नुभएको छ, ‘छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनर्गठन गरौं ।’ राजनीतिक दलविना गणतन्त्र र गणतन्त्र विना समाज बाँच्दैन भन्दै बास्कोटाले लेख्नुभएको छ, ‘समय, परिवेश, प्रकृति, प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनैपर्छ ।’

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार १३:०१