हिमालयन बैंक बत्तीसपुतली शाखाको लकर सेवा कमलादीमा सारियो
३० भदौ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीले क्षति पुगेको हिमालयन बैंकको बत्तीसपुतली शाखामा रहेको लकर सेवा कमलादी सारिएको छ । बैंकको शाखा कार्यालय क्षतिग्रस्त भएपछि सो शाखामा रहेका सम्पूर्ण लकरहरु केन्द्रीय कार्यालय कमलादीमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।
बत्तीसपुतली शाखामा खाता खोली लकर सुविधा लिएका ग्राहकहरुलाई आ-आफ्नो लकरको उपभोग केन्द्रीय कार्यालय, कमलादीबाट गर्न बैंकले अनुरोध गरेको छ ।
यस्तै, दैनिक बैंकिङ कारोबार भने नजिकैका अन्य शाखाबाट गर्न सकिने व्यवस्था गरिएको छ । बत्तीसपुतली शाखासँग सम्बन्धित सम्पूर्ण ऋण कारोबार भने दरबारमार्गको हिटी दरबार शाखाबाट निरन्तरता दिने बैंकले जानकारी दिएको छ ।
प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार ११:३२












