२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

अन्तरिम सरकारमा सहभागी हुने मन्त्रीहरुको आज शपथ हुँदै

३० भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्रीले आज बिहान साढे ११ बजे शपथ लिने भएका छन्। प्रधानमन्त्री कार्कीले आइतबार अर्थमन्त्रीमा रामेश्वर खनाल, गृह तथा कानुनमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधारमन्त्रीमा कुलमान घिसिङलाई सिफारिस गर्नुभएको थियो ।

उहाँहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लाग्नुभएको हो ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार १०:३२