महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त
२९ भदौ, काठमाडौँ । वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त हुनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीले भण्डारीलाई नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नुभएको थियो ।
प्रधानमन्त्रीको सिफारिसमा भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदिपकुमाार कोइरालाले जानकारी दिनुभयो ।
महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्दै पौडेलले स्वीकृत गर्नुभएको थियो । यो सँगै मुलुकले पहिलोपटक महिला महान्यायाधिवक्ता पाएको छ । पहिलो महिला प्रधानमन्त्रीको इतिहास रच्नुभएकी कार्कीले महान्यायाधिवक्तामा पनि महिला नै नियुक्त गर्नुभएको हो ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार २०:१०












