१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात

२९ भदाै, काठमाडाैँ । आफूलाई जेनजीको अगुवा बताउँदै आएका ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात भएको छ।

आइतबार रिपोर्टर्सक क्लबमा आयोजित पत्रकार सम्मेलनमा गुरुङले राष्ट्रपति कार्यालयमा वार्ता चल्दाको वृत्तान्त सुनाउन थाले । वार्ताको वृत्तान्त सुनाउने क्रममा उनले आफूहरूको माग पूरा नभए यो सरकार पनि ढाल्ने चेतावनी दिए ।

यसैक्रममा पत्रकारहरूले गुरुङमाथि जिज्ञास गरे । सो क्रममा गुरुङले उत्तेजित हुँदै पत्रकारमाथि नै धम्कीपूर्ण भाषा प्रयोग गरेपछि पत्रकार सम्मेलनमा भाँडभैलो भएको हो । पत्रकारहरूमाथि धम्कीपूर्ण भाषा प्रयोग भएपछि पत्रकारहरू पनि गुरुङमाथि खनिए । सो क्रममा दुवै पक्षबीच धकेलाधकेल भएको हो ।

दुवैपक्षबीच धकेलाधकेल भएपछि पत्रकार सम्मेलन कक्ष तनावग्रस्त बनेको थियो ।

पत्रकार सम्मेलनमा एक पत्रकारले ७० वर्षको ‘बा’लाई हटाएर ७३ वर्षको ‘आमा’लाई ल्याएर कसरी परिवर्तन भयो ? भन्ने प्रश्नमा सुदनले आक्रोषित हुँदै पत्रकारलाई जवाफ फर्काएका थिए।

प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार १७:३१