१८ पुष २०८२, शुक्रबार | Sat Jan 3 2026

जेनजी प्रदर्शनमा मृत्यु भएकाका परिवारलाई काठमाडौं बस्दा लागेको खर्च सरकारले ब्यहोर्ने

२९ भदौ, काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको परिवार काठमाडौंमा बस्दा लागेको खर्च ब्यहोर्ने निर्णय गरेको छ । आइतबार पदभार ग्रहणपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले यसबारे निर्णय गरेको जानकारी दिनुभएकाे हाे ।

साथै, मृतकको शवलाई आफ्नो स्थानीय क्षेत्रमा पुर्याउन चाहनेलाई सवारी साधनको व्यवस्था गर्ने निर्णय भएको प्रधानमन्त्री कार्कीले जानकारी दिनुभयाे ।

त्यस्तै, प्रदर्शनका क्रममा घाइते भएकाहरू अपांगको परिभाषाभित्र परेको खण्डमा पछिसम्म उपचारको व्यवस्था गर्ने निर्णय पनि भएको उहाँले बताउनुभयाे ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार १४:१५