चुच्चेपाटीको भाटभटेनीमा जलेको अवस्थामा भेटियो ६ वटा शव
२९ भदौ, काठमाडौं । काठमाडौंको चुच्चेपाटीमा रहेको भाटभटेनीमा जलेको अवस्थामा ६ वटा शव फेला परेको छ। भदौ २४ गते प्रदर्शनकारीहरूले आगो लगाएको चुच्चेपाटीको भाटभटेनीमा आइतबार बिहान उक्त शव भेटिएको हो ।
साे शव प्रदर्शनकारीकाे हाे की कर्मचारी अथवा लुटपाटमा गएकाहरू हुन् भन्ने खुलेकाे छैन् ।
प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार ११:३१












