सिटि होटलको हकप्रद सेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?
२९ भदौ, काठमाडौं । सिटि होटल लिमिटेडले गत भदौ २३ गतेदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ बराबरको ८० प्रतिशत अर्थात १ः०.८० अनुपातमा रु.१०० अंकित दरका १ करोड ६७ लाख ४० हजार कित्ता हकप्रद सेयर जारी गरेको हो ।
कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत साउन २७ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसको अर्थ साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै कम्पनीले जारी गरेको हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन् ।
हकप्रदमा असोज १२ गते आवेदन दिने सकिनेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यपिटलका साथै प्रभु बैंकको इलाम,जाउलाखेल,वीरगञ्ज,पोखरा,बुटवल,सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यस्तै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार ०९:४७














