२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

एसवाई प्यानलको आईपीओ निष्कासन स्थगित

२९ भदौ, काठमाडौं । एसवाई प्यानल लिमिटेडको आईपीओ निष्कासन स्थगित भएको छ । कम्पनीले आजदेखि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ७ लाख ५८ हजार ७१९ कित्ता सेयर जारी गर्न लागेको थियो ।

कम्पनीले हाल देशमा उत्पन्न विषम परिस्थितीका कारण उक्त आईपीओ निष्कासन अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको रु. १०० अंकित दरका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।

जसमध्ये जारीपूँजीको २ प्रतिशत अर्थात रु. १०० अंकित दरका २ लाख ६१ हजार ६२७ सय कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र सर्वसाधारणका लागि छुट्टाइएको मध्येबाट १० प्रतिशत अर्थात ४ लाख ९७ हजार ०९२ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार ०९:२७