२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

प्रधानमन्त्री कार्कीलाई सुनिता डंगोलको बधाई, बदलाको भावनाभन्दा माथि उठेर काम गर्न सुझाव

२८ भदौ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनिता डंगोलले नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकोमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई दिनुभएको छ ।

उपप्रमुख सुनिता डंगोलले नव नियुक्त प्रधानमन्त्री कार्कीलाई बदलाको भावनाभन्दा माथि उठेर काम गर्न सुझाव समेत दिनुभएको छ ।

उपप्रमुख डंगोलले सामाजिक सञ्जाल फेसबुकमा लेल्नुभएको छ, ुयो तपाईँका लागि केवल ऐतिहासिक र गौरवमय क्षण मात्र होइन, अपितु बदलाको भावनाभन्दा माथि उठेर, जेन जी लगायत समस्त न्यायप्रेमी जनताको भावना अनुरूप मुलुकमा न्याय, समानता र सुशासनको आधारशिला निर्माण गर्ने स्वर्णिम अवसर पनि हो।ु

उहाँ थप लेख्नुहुन्झ, ुहामी सम्पूर्ण महिला दिदीबहिनीहरूको दृढ आशा छ, नवनियुक्त प्रधानमन्त्रीले नयाँ पुस्ताको आकांक्षा र शहीदहरूको अविस्मरणीय बलिदानलाई सम्मान गर्दै यस गहन जिम्मेवारीलाई नेतृत्वले द्वन्द्वको सट्टा संवाद, विभाजनको स्थानमा एकता, निराशाको अन्त्य गरी आशाको सञ्चार र सुशासनको मार्गमा मुलुकलाई अगाडि बढाउनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु।ु

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार ०९:५७