२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, ८ः४५ बजे सपथ

२७ भदौ, काठमाडौँ । सडक प्रदर्शनको १८ घण्टाकै बीचमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सत्ता ढालेर देशका महत्वपूर्ण भौतिक सम्पत्ति खरानी पारेको जेन–जी समूहबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री (मन्त्रिपरिषद्को अध्यक्ष) मा नियुक्त हुनुभएको छ । उहाँ नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री हुनुभएको छ ।

dainiki.com

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुभएको हो । संविधान भन्दा बाहिरबाट सर्वपक्षीय सहमतिको नाममा उहाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । नियुक्ति संविधान सम्मत नहुने भएपछि उहाँको सपथ राष्ट्रपति भवन शितल निवासमा अहिले ८ः४५ बजे गर्ने तय भएको छ । सन १९९७ देखि २०१२ सम्म जन्मिएका जेनजी पुस्ताको प्रतिनिधि बनेर कार्की प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार १९:५३