२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

जेलबाट भागेका सहकारी ठगीका मास्टरमाइन्ड रविलाई फर्किन अनुरोध

२७ भदौ, काठमाडौँ । सहकारी ठगीका मास्टरमाइन्ड रवि लामिछानेलाई कारागार फर्किन अनुरोध गरिएको छ । नख्खु कारागार प्रशासनले कीर्ते कागजात बनाएर जेलबाट भागेका रविसहित अन्य कैदीलाई फर्केर आउन अनुरोध गरेको छ ।

कारागार प्रशासनको कारागार फर्किनेबारे सूचना ।

कारागार प्रशासन नख्खुका प्रमुख सत्यराज जोशीले रवि लामिछानेले प्रदर्शन गरेको पत्र अनधिकृत रहेको बताउनुभएको छ । प्रमुख जोशीले लामिछानेले देखाएको पत्रको व्यहोराको कुनै पनि अंश नमिल्ने जानकारी दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल र नेता हरि ढकालले नक्कली पत्र बनाएर रविलाई कारागारबाट भगाएका थिए । त्यसपछि उनीहरूले रवि प्रधानमन्त्री बन्ने भन्दै उत्सव समेत मनाएका थिए ।

रवि जेलबाट भागेपछि धेरै कैदीहरूले उनकै नाम लिँदै हामीलाई पनि जान दिनुपर्ने भन्दै जेलभित्र विद्रोह गरेका थिए । रविको लयमा देशभरका १० हजार बढी कैदी भागेका थिए । नख्खुबाट माै १२ सय कैदीबन्दी भागेका थिए । ती मध्ये अधिकांश बीचबाटै पक्राउ परेका छन भने कारागार प्रशासनको सूचनापछि सम्पर्कमा जान थालेका छन । रविको फलो गर्दा कैदी बन्दीले जेल तोड्ने क्रममा रामेछाप, धादिङको जेल र बाँकेको बालसुधार गृहमा गरी कम्तीमा पनि १० जना कैदीबन्दीको मृत्यु भएको थियो । 

रविले प्रदर्शन गरेको नक्कली पत्र।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार १६:०२