१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

नेपालको परिस्थितिप्रति महासचिव गुटेरेसको चासो, संयमता अपनाउन आग्रह

२५ भदाै, काठमाडाैं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा भइसकेका घटनाप्रति गहिरो दुःख प्रकट गर्दै सबै पक्षलाई संयमित रहन आग्रह गरेका छन्।

सामाजिक सञ्जाल एक्स मार्फत् उनले नेपालमा भएको ज्यानहानिप्रति दुःख व्यक्त गर्दै हिंसा थप बढ्न नदिन संवाद र संयम आवश्यक रहेको उल्लेख गरेका छन्। ‘नेपालको अवस्थालाई नजिकबाट हेरेको छु, जीवनको क्षतिप्रति म निकै दुःखी छु,’ गुटेरेसले भनेका छन्।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार १०:५८