सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित
२५ भदौ, काठमाडौं । सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ । आगजनीका कारण सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त भएकाले सुनुवाइहरु अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
मिसिल, सर्भर, इजलास सबै जलेको भन्दै सर्वोच्चले अर्को सूचना नभएसम्म सुनवाइ हुन नसक्ने जानकारी गराएको छ । जेनजीको प्रदर्शनको क्रममा मंगलबार सर्वोच्च अदालत पूर्णरुपमा जलेर ध्वस्त भएको छ ।
प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार १०:२७








