पूर्व प्रधानमन्त्री झलनाथकी पत्नी घरभित्रै जलेको अवस्थामा भेटिइन्
२४ भदौ, काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा ९एस० सम्मानित नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार जलेको अवस्थामा भेटिएकी छन्। आन्दोलनरत् युवाहरुले घरमा लगाएको आगोमा परेर उनी जलेकी हुन् ।
आन्दोलनकारीले तोडफोड गर्ने संकेत देखिएपछि सुरक्षाकर्मीले खनाल दम्पतीलाई पछिल्लो गेटबाट निकालेको बताइएको थियो । त्यसको केही समयपछि आन्दोलनकारीले घरमा आगो लगाएका थिए । तर, खनालकी पत्नी चित्रकार भने घरभित्रै जलेको अवस्थामा भेटिएकी छन् । उनको अवास्थाबारे बताइएको छैन ।
प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १७:०७








