जेनजीलाई बालेनको आग्रहः हत्याराको राजीनामा आएको छ, अब संयमित हुनुहोला
२४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजीलाई संयमित रहन आह्वान गर्नुभएको छ । मेयर शाहले जेनजीको आन्दोलनलाई सम्बोधन गर्दै हत्याराको राजीनामा आएकोले देशको जनधनको क्षतिलाई आफ्नो सम्पत्तिको क्षति भएको बताउँदै नेतृत्वका लागि तयार रहन आग्रह गर्नुभएको हो ।
बालेनले फेसबुकमा लेख्दै भन्नुभएकाे छ, ‘हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो । प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !! देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो । तपाईं–हामी अब संयमित हुनु जरुरी छ । अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला ! साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १५:२९








