१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

२४ भदौ, काठमाडौँ । जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका छन् । मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबार छिरेका हुन् । उनीहरू गेट तोडेर प्रवेश गरेका हुन् ।

सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । अहिले काठमाडौं लगायत देशका विभिन्न ठूला शहरहरूमा प्रदर्शन भइरहेको छ । शीर्ष नेतका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा प्रदर्शनकारीहरूले लगातार ढुंगामुढा गरिरहेका छन् । देशका मन्त्रीहरूलाई समेत अहिले नेपाली सेनाको हेलिकप्टरबाट अन्यत्र सारिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १३:५९