प्रधानमन्त्रीको बालकोटस्थित घरमा तोडफोड, प्रहरीको गोली लागेर २ जना घाइते
२४ भदौ, काठमाडौँ । भक्तपुरको बालकोटमा गोली चलेको छ । गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढेका थिए ।
प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १२:१४










