कांग्रेस सभापति देउवाको निवासमा आगजनी
२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् ।
अहिले उहाँको निवासबाट धुवाँको मुस्लो आइरहेको प्रत्यक्षदर्शीहरूले बताउनुभएको छ ।
प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार ११:५६










