२६ पुष २०८२, शनिबार | Sun Jan 11 2026

प्रचण्ड निवासमा प्रदर्शनकारीले गरे आगजनी

२४ भदाै, काठमाडौँ । ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।

सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । जेनजीले सोमबार गरेको प्रदर्शन हिँसात्मक बनेपछि क्रुद्ध बनेका प्रदर्शनकारीले दोस्रो दिन मंगलबार कर्फ्युका बाबजुद प्रदर्शनकारी उग्र बनेका हुन् । उनीहरु नेताको घर र निवासमा तोडफोडमा उत्रिएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १०:५२