सञ्चारमन्त्री गुरुङको निवासमा प्रदर्शनकारीले लगाए आगो
२४ भदौ, काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् ।
ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा र आगजनी गरेका हुन् । आगो नियन्त्रणको प्रयास भइरहेको जनाइएको छ।
प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १०:१४








