यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
२४ भदौ, काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक सेयरधनीको नाममा रहेको १९ हजार ८८२ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २१५ रुपैयाँ निर्धारण गरिएको छ । सो सेयरमा जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले काठमाडौंको सुन्धारामा रहेको कम्पनीको प्रधान कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ।
प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार ०९:२८














