२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

इटहरीमा प्रहरीले चलाएकाे गोली लागेर २ जनाकाे मृत्यु

२३ भदौ, काठमाडौं । सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ । मृतकको अहिलेसम्म पहिचान खुलेको छैन ।

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरूद्ध भएको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले गोली चलाएका थिए । प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएकालाइ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरान पुर्याए लगतै चिकित्सकले मृत घोषित गरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १८:०३