कर्फ्यु आदेश जारी भएपछि नयाँ बानेश्वर क्षेत्रमा पुग्यो नेपाली सेना
२३ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनमा बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएपछि सेना परिचालन भएको छ । कर्फ्यु आदेश जारी गरेसँगै नेपाली सेना नयाँ बानेश्वर क्षेत्रमा पुगेका हुन् ।
कर्फ्यु आदेश पालना गराउन सेना बानेश्वर क्षेत्रमा पुगेको हो । जेनजीको प्रदर्शन उग्र बनेसँगै स्थितिलाई नियन्त्रणमा लिन सोमबार मध्याह्न साढे १२ बजेदेखि राति १० बजे कर्फ्यु आदेश जारी भएको हो ।
जेनजीको प्रदर्शन उग्र बनेसँगै स्थितिलाई नियन्त्रणमा लिन सोमबार मध्याह्न साढे १२ बजेदेखि राति १० बजे कर्फ्यु आदेश जारी भएको हो ।
प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १३:३३








