प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र छिरे जेनजी
२३ भदौ, काठमाडौं । काठमाडौँमा प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवन परिसरभित्र प्रवेश गरेका छन्। उनीहरू प्रहरीको निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गरेका हुन्।
उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् । अहिले प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ ।
प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १२:२७








