२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष पौडेलको पदवहाली

२३ भदाै, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको अध्यक्षमा सुरेन्द्र कुमार पौडेल नियुक्त हुनुभएकाे छ । भदौ १९ गतेको मन्त्रिपरिषदको निर्णयानुसार पौडेल कम्पनीको अध्यक्षमा नियुक्ति हुनुभएकाे हाे ।

उहाँको कार्यकाल आगामी चार वर्षको हुनेछ । नवनियुक्त अध्यक्ष पौडेलले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेल समक्ष सपथ ग्रहण गर्नुभएकाे हाे ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १२:०८