२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

प्रभु महालक्ष्मी लाइफको ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

२३ भदौ, काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केही संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले आजदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिभित्र काठमाडौंको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

साथै, निर्धारित समयभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीका लागि बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार ११:०१