२७ पुष २०८२, आईतवार | Sun Jan 11 2026

जेनजीको प्रदर्शनलाई बालेनले दिए समर्थन

२२ भदौ, काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि हुने प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले समर्थन जनाउनुभएको छ ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उहाँले आफ्नो समर्थन जेनजी पुस्ताको आन्दोलनमा रहेको र उमेर हदबन्दीका कारण आफू आउन नमिल्ने जानकारी गराउनुभएको छ ।

‘भोलिको र्‍याली स्पष्ट स्वस्फूर्त रुपमा जेनजीको हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसका लागि म पनि अझै बुढो देखिन्छु । मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ’ बालेनले लेख्नुभएकाे छ, ‘भोलि यो स्वस्फूर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला ! म उमेर हदको कारण जान मिलेन, तर उहाँहरूको कुरा बुझ्न जरुरी छ, मेरो भरपूर समर्थन छ । प्रिय जेनजी भन्नुस् तपाईंहरूले कस्तो देश देख्न चाहनु हुन्छ?,’

प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार १६:०३