१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

मोलुङ हाईड्रोपावरले बोलायो साधारण सभा, यस्ता छन् प्रस्ताव

२० भदौ, काठमाडौं । मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज १० गते काठमाडौंको कीर्तिपुरमा रहेको बाघभैरव ब्याङक्वेटमा साधारण सभा बोलाएको हो । सो सभा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वित्तीय विवरण सहितको आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन र सोही आवको वार्षिक वित्तीय विवरण अन्तर्गत वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित सम्पूर्ण अनुसुचिहरू अनुमोदन गर्ने, आव २०८२/८३ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने र प्रबन्ध सञ्चालकको नियुक्ती अनुमोदन गर्ने प्रस्तावहरु पारित हुनेछ ।

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ ३१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार १०:०४