१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम भने सामान्य बढ्यो

१८ भदौ, काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से १५.६४ अंकले घटेर २७२६.३३ को बिन्दुमा पुगेको छ । आज ३२६ कम्पनीको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड ८० लाख रुपैयाँको कारोबार भएको हो ।

बुधबार ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको घटेको छ । बुधबार युनियन हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीकाे ३३ करोड ८० लाख रुपैयाँकाे काराेबार भएकाे छ । यस दिन हिम स्टार उर्जा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । लिबर्टी इनर्जी कम्पनीको सेयरमूल्य यस दिन सर्वाधिक ६.९९ प्रतिशत घटेको छ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार १५:२६