युनियन हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार
१८ भदौ, काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से १५.६४ अंकले घटेर २७२६.३३ को बिन्दुमा पुगेको छ । आज ३२६ कम्पनीको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड ८० लाख रुपैयाँको कारोबार भएको हो ।
बुधबार ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको घटेको छ । बुधबार युनियन हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीकाे ३३ करोड ८० लाख रुपैयाँकाे काराेबार भएकाे छ । त्यस्तै, यस दिन लिबर्टी इनर्जीको २७ करोड ३७ लाख रुपैयाँ, नेपाल पुनर्बीमाको २६ करोड १५ लाख रुपैयाँकाे कारोबार भएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार १५:१८












