१७ चैत्र २०८२, मंगलवार | Tue Mar 31 2026

अपर स्याङ्गे हाईड्रोपावरको धितोपत्र कारोबार फुकुवा

१८ भदौ, काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावर कम्पनी लिमिटेडको धितोपत्र कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले भदौ १७ गतेको निर्णयानुसार कम्पनीको धितोपत्र कारोबार फुकुवा गरेको हो ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था पालना नगरेको भन्दै ६ गते कम्पनीको धितोपत्र कारोबार राेक्का गरेकाे थियाे ।

कम्पनीले भदौ १७ गते नेप्सेबाट जारी गरिएका प्रचलित कानुनको परिपालना गर्ने प्रतिबद्धता सहित धितोपत्रको कारोवार फुकुवा गरिदिन अनुरोध गरेको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार ११:०४