नेपाल लाइफ इन्भेष्टमेन्टले बोलायो साधारणसभा, यी प्रस्ताव पारित हुने
१७ भदौ, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको भदौ ९ गते बसेको बैठकले असोज ८ गते काठमाडौंको नक्सालस्थित होलिडे इन एक्सप्रेस होटलमा बैठक बोलाएको हो । सो सभा बिहान साढे ९ बजे बस्नेछ ।
सभामा विद्यमान अधिकृत पूँजी ५ अर्ब रुपैयाँलाई वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरिनेछ। यो सँगै सेयरधनीलाई १ः२ अनुपातमा हकप्रद सेयर जारी गर्ने र हकप्रद सेयर जारीपश्चात हुने नयाँ संरचना अनुसार जारी पूँजी तथा चुक्ता पूँजीलाई समेत सोही अनुरूप परिमार्जन गर्ने प्रस्ताव समेत सभामा प्रस्तुत हुनेछ। यस्तै, सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनसँगै सोही आवको वित्तीय विवरण पनि पारित गरिनेछ।
प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलवार १६:१०














