हिमस्टार उर्जाको सेयरमा सकारात्मक सर्किट, यी कम्पनीको भयो सर्वाधिक कारोबार
१७ भदौ, काठमाडौं । साताको तेस्रो काारेबारको दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से १७.७६ अंकले घटेर २७४४.०९ को बिन्दुमा बन्द भएको छ । आज ३२३ कम्पनीको १ करोड ५ लाख ३५ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४३ करोड ८२ ललाख ५१ हजार रुपैयाँको कारोबार भएको हो ।
यस दिन हिमस्टार उर्जाको सेयरमा सकारात्मक सर्किट लाएको छ । कम्पनीको सेयरमूल्य यस दिन ९.९८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलवार १५:१६














